सपनी नै नराम्रो छ, जोगिनु है तिमी
सपनी नै नराम्रो छ, जोगिनु है तिमी जूनी जूनी बाँच्नु पर्छ, प्रित संगै हामी
फूलपाती चढाउनु है, देवीदेवता भाकी
चिठी पत्र पठाउनु है, माया धेरै राखी
दिनहरु बिताउदैछु, औला औला गनी
राखेको छु भाकल मैले, भेटहोस छिट्टै भनी
कता कता सम्झनामा, तड्पदैछ मन
बुझाउदैछु आफैलाई, बल्भिm दुख्छ झन्
टाढा टाढा माया प्रितलाई, झनै गाढा सम्झी
साह्रो भयो पर्खि बस्न, आउ है चाडै फर्कि
by tanka khanal
Post a Comment