म त सधै हिँडे मनमा पिर राखेर
म त सँधै हिँडे मनमा पिर राखेर ।
भाविले चार पाउ दिए जन्जिर राखेर ।।
कैले काँहि त सोच्छु, तिमी निदाइदेउ
घायल मेरो मुटु माथि शिर राखेर ।।टाउकोले नि चोट खायो भित्ताहरुको
सोच बन्यो निधार भित्र तक्दिर राखेर ।।
यमराजले पक्कै मिठो मानिदेला भनी
यो समयले मुटुु सेक्यो झिर राखेर ।।
मैले यत्ति भन्न सँके हिड्ने बेलामा
घरमै बसे मन भित्र फकिर राखेर ।।
२०७५-०१-२३
Post a Comment