तिम्लेअ मलाई बुझ्न छाडेको धेरै भो

तिम्लेअ मलाई बुझ्न छाडेको धेरै भो
 दिल को थैलो गाठो पारेको धेरै भो

 कपाल सुम्सुम्याउदै चुम्थियौ ओठ मेरा
 जोडिएका ओठ पर सारेको धेरै भो सधै

जित्न खोजे सकिन कहिल्यै नि
तिमी सँग मैले हारेको धेरै भो

 तिम्रै हुन यि सारा कुरा भन्थियौ लजाएर
 जवनी त्यो म बाट बारेको धेरै भो

 डुबान भयो बारी भन्यौ टुटाएर साथहरु
 जायजेथा तिम्ले पारी सारेको धेरै भो

 घायल देबेन्
२०७०-१०-२९
 १०:३० pm

No comments

Powered by Blogger.