गजल भएनछ

काफिया मिलेन मेरो गजल भएनछ ।
मतलाको अर्थ छैन गजल भएनछ ।।


रदिफ दोहोरिएन रे अन्तिम मा त्यहाँ
हो त्यसरी लेखेको थे गजल भएनछ।।


ए-उला अनि ए-सानिको प्यार मिलेन रे
सिमराले गर्नु गर्यो गजल भएनछ ।।


ततखुल्लस अन्तिम मक्तामा मात्रै रैछ
मैले तेसो गरिन र गजल भएनछ।।


लेख्न त मैले लेखे छु जबर्जस्ती गजल
तर पनि अन्तिम मा गजल भएनछ।।


मतला भन्या छानु रैछ गजल कै ओत
छानु सानू जानिन छु गजल भएनछ।।


रदिफ भन्दा काफिया ठ्याक्कै अघि हुन्छ
"देबेन"ले त्यो मानेन गजल भएनछ।।


देबेन्द्र सुवेदी देबेन
२०७१-१२-18

No comments

Powered by Blogger.