पहाडको बिच्मा मेरो सानो घर थियो!



पहाडको बिच्मा मेरो सानो घर थियो!
चुहिएको धुरी, मक्किएको खर थियो!


जुठेल्नाको छेउ थाँक्रों भरि मकै अनि 
चौतारीमा एक्लै ढल्न लाको बर थियो!!


वर्षमा त जसो तसो कटने गर्थ्यो रात 
चैते हुरी आइ उडाउँछ कि डर थियो!!


दुर्गम क्षेत्र भन्दै राज्यले नै ठग्दा त्यहाँ 
अशिक्षाको चाप बढ्दो मृत्यु दर थियो!!


गाउँलेको पहिचान मध्यनजर गर्दै 
सबैलाई चिनाउने आफ्नै नाम थर थियो!! 


प्रकृतिका धनी गाउँ गरिबीको मार्ले 
देश छाडी प्रदेश पस्नु पर्ने कर थियो!!

गजलग by -अस्मी जि ए म

No comments

Powered by Blogger.