गजल - विवाद भाे
छाेरा हुर्किएसि बाउकाे धनमा विवाद भाे ।
सबै बराबर हुन बा काे बचनमा विवाद भाे ।।
लाैन कस्ले के गर्याे यस्ताे अचम्मै फेरी
काे भन्दा काे कम घरकाे सदनमा विवाद भाे।।
म उस्ताे छु कि? मेरा दाजुभाइ उस्ता छन?
एक अंशियार भाइकाे मनमा विवाद भाे ।।
छाेराहरू यत्ति लाचार निस्किए अाज एक्कासि
बुहारीहरू बीच बा काे कफनमा विवाद भाे ।।
घर बाँडियाे,खेत बाँडियाे, बारी पनि बाँडियाे
फेरि अन्तिममा किन अाँगनमा विवाद भाे ।।
२०७५ । ०४ । २८
Post a Comment