छाेराहरू हाे छाेरी हरूहाे
छाेरा हरू हाे
छाेरी हरू हाे
विर छाेरा छाेरी हरू हाे
अामाले साथ माग्दछिन
माटाेले रगत माग्दछ
शान्तिका सन्तान हाै
युद्धले व्युझँ भन्दछ ..
छाेराहरू हाे
छाेरीहरू हाे
विर छाेरा छाेरी हाे
झगडा हामि चाहानाै
इतिहास हाम्राे यै भन्छ
हेपेकाे फेरी सहदैनाै
सहिदकाे रगत याै भन्छ
छाेरा हरू हाे
छाेरीहरू हाे
विर छाेरा छाेरी हाे
सत्य काे लागि नझुक्ने
हिमालकाे काखले यै भन्छ
वेलामा रगत वगाउने
युगकाे पुरूष त्यै हुन्छ
छाेरा हरू हाे
छाेरी हरू हाे
विर छाेरा छाेरी हाे
अामाकाे अाँशु नकुल्च
निन्द्रामा विरालाे नमराेस
अागाेले परिक्षा लिदैछ
झुकेकाे गाथा नबनाेस
छाेराहरू हाे छाेरीहरू
हाे विर छाेरा छाेरी हाे
सत्रुले कहि हँाक दिए
ढुंगाकाे धार बनिदेउ
विरकाे पहाड तिमि हाै
अामाकाे अाधार बनिदेउ
विरकाे पहाड तिमि हाै
अामाकाे अाधार बनिदेउ
विरकाे पहाड..........
सर्जकः जे वि टुहुरे
Post a Comment