खोलि तरि के जाउ खै पारि राते काइला थिएनन्।

खोलि तरि के जाउ खै पारि राते काइला थिएनन्।
 घर छोडि कता हिडु खै तल्ला घरे साइला थिएनन् ।।

जवानिको तृप्ति गर्नु मलाई पनि त रहर थियो
माइति छोडि के जाउ खै अघि सर्ने पाइला थिएनन् ।।

जे परेनि परोस भन्दै सम्बोधनमा प्रिय लेखें
 यै पत्र नि कस्लाई दिउँ खै हुलाकि माइला थिएनन् ।।

जवानिको प्यास सगँ छटपटिएर कति बाँचु?
डुल्दै फेरि कता जाउ खै गौरि घरे काइला थिएनन्।।

No comments

Powered by Blogger.