तेरि बुढि क्या बुढि यार ?
![]() |
| देबेन |
बिहे गरेर पनि नगरे जस्ति
बच्चा भएर पनि नभए जस्ति
लाेग्ने भएर पनि नभए जस्ति
बैश गएर पनि नगए जस्ति
हाे यार,
तेरि बुढि क्या बुढि यार ?
सररर स्कुटिमा हिडछे
कालाे चस्मा लगाएछे
कपाल रंगाएर बसन्त बनाकि
अाखि भै समेत थाइकट पारेकि
सिन्दुर लाएर पनि नलाए जस्ति
तेरि बुढि क्या बुढि यार?
तँ गर्छस श्रम ल्याएछस कमाएर
दिउसाे भरि कुद्छस न धुवा न धुलाे भनि
तर बुढि राखेकाे छस साेफामा
धुलाे लाग्ला कि जस्ति बनाएर
बैश गएर पनि नगए जस्ति
हाे यार ,
तेरि बुढि क्या बुढि यार ?
तँ दिउसाे फुटपाथकाे ससेज चपाउछस
उ रेस्टुराँ काे पिज्जा
छाेराे बाेडस गरिदिएकि छे
अाेछयान तात्दैन भनेर
बच्चा पाएर पनि नपाए जस्ति
तेरि बुढि क्या बुढि यार?
घण्टै साेसल नेटवर्कमा बिताउछे
मगमग बासन छर्दै हुइकिन्छे
सिन्दुर समेत कपाल ले छाेपेर लगाउँछे
लाेग्ने भएर पनि नभए जस्ति
हाे यार,
तेरि बुढि क्या बुढि यार ?
#देबेन २०७३-०३-२७

Post a Comment