A scholar of Integrity School
हजुर नमस्ते
कैले काँहि सामाजिक सञ्जालमा जाेडिएकाे फाइदा कसरि पुग्छ भन्ने कुरा याे हप्ता (पाैष २०-२२) मलाइ जति सायदै अरू कसैलार्इ मनन भएन कि ? एकजना निजामति सेवाका नामुद लेखककाे वाल ले मलाइ याे साता पक्कै फाइदा पुर्यायाे । नेपालमा २०१४ देखि एकाउन्टिब्लिटि ल्याब ले इन्टिग्रिटि अाइडल प्रदान गर्दै अाएकाे रहेछ । पहिलाे अाइडल ज्ञानमणि नेपाल , उहाँ मेराे जिल्ला पाँचथरकाे प्रमुख शिक्षा अधिकारी भएर कार्य गर्दाकाे बखत नै उत्त अवार्ड पाउनुभएकाे हाेला । म त्यति जानकार थिइन यस्ता विषयमा । २०७२ साल मेराे जिवनकाे एउटा उपलब्धिमुलक वर्ष रहँदा म निजामति सेवामा खरिदारकाे रूपमा प्रवेश गर्ने अवसर मिल्याे । हाल सम्म सिक्दै भाेग्दै कति काम टारियाे । पहिलाे चाेटि पञ्जिधिकारीकाे कार्य गर्न असमर्थ भयाै भनेर उ बेलाका जिल्ला विकास अधिकारी (एल डि अो) लाइ गुनासाे राख्दा लर्निङ्ग बाइ डाेइङ(Learning By Doing) काे राम्रै लेक्चर खाइएकाे थियाे त्यै दिन देखि मैले चै काम टार्दै अाइरहेकाे छु । जिविस ताप्लेजुङ्गकाे सभाहलमा नियुक्ति थापेकाे हप्दा दिनमै खुम्चिएकाे मेराे अनुहार खै कहिले देखि हसिलाे देखियाे हाेला र याे सेवा प्रति ?? बधाइका सयाै शब्दहरू भन्दा मलाइ एल डि अाे साबकाे याे प्रहार कयाै गुणा विझेकाे थियाे । जिविसमा प्रसस्तै वृति विकासकाे निम्ति रूपैया छुट्टिएकाे हामिले बुझेरै मैले उ बेलामा ट्रेनिङ्ग पाइन्छ कि भनेर अास गरेकाे थिए । यस्ता ट्रेनिङ्ग हरू भए नभए पनि कागजि रूपमा (वार्षिक रूपमा) राम्राे प्रगति विवरण सहित फर फारम भएका थिए रे । त्यता तिर नजाउ , यस्ता कुरा नगरेकाे बेस भन्छन ।
ताप्लेजुङ्ग सदरमुकाम बाट सबैभन्दा टाढा कालिखाेला गा.वि.स...... त्यहाँ मेराे पदस्थापन भयाे । सबैभन्दा टाढा जानुपर्दा घरपरिवारमा चिन्ता थियाे, कत्तिले त्यहाँ जुका लाग्छ ,रूख बाट जुका झर्छ त्यस्ताे ठाँउमा के गएर काम गर्छस अन्तै पदस्थापन गरा पनि भन्नु भाे । जे सुकै भए पनि सबैभन्दा टाढा जानु मेराे मिठाे गल्ति थियाे । सबैकाे हेलामा(विविध कारणबस) परेकाे गा.वि.स त्यसमा पनि २-२ महिनामा सचिव फरिरहने गाविसमा पाेष्टिङ्ग भएर जानुमा कस्सेकम स्थानियले अपनत्व महशुस गर्छन भन्ने अपेक्षा र सदरमुकाम बसेर पढने चाहाना मिसिएकाे थियाे । पछि याे गा वि स हाल सिदिङ्वा गाँउपालिका बन्याे र म यहाँ बाट २०७४/१२/२७ काे रमाना पत्र बाेकेर झापा हानिए । जिल्ला समन्वय समितिकाे निर्णय अनुसार अजुर्नधारा नगरपालिका र त्यहाँकाे पनि वडा नं ०५ काे वडा सचिवकाे रूपमा कार्यरत छु । तपाइ लाइ म कहाँ जाेडन चाहिरहेकाे छु भन्दा खेरी यहाँ कार्यरत रहदा मैले सामाजिक सञ्जाल मार्फत एउटा गुगल फर्म भेटे हाम्रा अग्रज सर गाेकर्ण उपाध्यायकाे फेसबुक वालमा । मैले उ बेला एकदम मुडि तरिकाले त्याे फर्म भरे । मलाइ लाग्दै थ्याे काेहि सर्भे गरिरहेकाे छ , रिसर्च गरिरहेकाे छ । त्याे फर्म इन्टिग्रिटि स्कुलकाे थियाे भन्ने सम्म थाहा थिएन मलाइ ...........अहिले मलाइ याे समयमा त्यहाँ के उत्तर दिएकाे छु मैले भनेर जान्न मन लागि रहेछ । फर्म त भरियाे .....भरेर किन भरियाे समेत थाहा थिएन ..... त्यहाँ के उत्तर लेखियाे पनि मतलब थिएन किनकि जस्ताे उत्तर लेखेनि हुनेवाला के छ भन्ने थाहा नभएसि के फरक पर्याे र?
मेराे दिन चर्या चल्दै गयाे । अफिस बाट काेठा र काेठा बाट अफिस नै जिवन हुदै थियाे अहिले पनि त्यै नै छ । म अाफ्नै तालमा चलिरहेकाे थिए । एक दिन एउटा ल्यान्ड लाइन बाट फाेन अायाे त्याे पनि मेराे पर्सनल नम्बरमा फेरि ल्यान्ड लाइन काठमाडाैकाे थियाे ...साेचे कुनै बैक वा अन्य कुनै वित्तिय संस्था ले फाेन गर्याे हाेला तर त्याे फाेन निति श्रेष्ठ काे थियाे , उहाँ इन्टिग्रिटि स्कुलकाे इभेन्ट म्यानेजर हुनुहुदाे रहेछ । फाेनमा केहि प्रश्न साेध्छु भनेपछि मलाइ अलिक वाक्क लागेजस्ताे भयाे । किन साेध्नु पर्या हाेला भने जस्ताे लाग्याे ........ इन्टिग्रिटि स्कुलकाे बारेमा थाहा छ ? प्रश्न तेर्सियाे अहँ थाहा भएन उत्तर यति मात्र । तपाइकाे विचारमा सदाचार भनेकाे के हाे ? अब लेक्चर दिम कि सटिक उत्तर ? के दिए कुन्नि अहिले त्यति संझना छैन ..... अत्यमा तपाँइ हाम्राे सर्ट लिष्टमा हुनुहुन्छ सर हजुर लाइ हामि सेलेक्ट गर्न सफल भयाै भने फाेन गर्नेछाै । याे किसिमका सायद २-३ फाेन कल अाए हाेलान मलाइ । यस्ताे फाेन अस्मिता शर्मा भन्ने केटिले गरेकि थिइ (मेराे कन्सेप्टमा केटि - सानै काेहि Reception मा बस्ने भर्खर जब जाेइन गरेकि )। यति लेखिरहदाँ मेराे अनुहारमा मुस्कान भरिएकाे छ , म कति छिटै धारणा बनाउछु है ? मेराे हतारिने बानि नगएकाे फेरि पुष्टि पुग्याे अाखिरमा । फेरि अर्काे दिन फाेन अायाे तपाइ इन्टिग्रिटि स्कुलकाे लागि सेलेक्ट हुनुभयाे बधाइ । तपाइलाइ हामि मेल गर्नेछाै तपाइ अाउन सक्नुहुन्छ?? उत्तर रेडिमेड थियाे अवस्य ।
पहिलाे दिन (First Day of School)
इन्टिग्रिटि स्कुल भनेपछि केहि राम्राे अवस्य हाेला,यस्तै धारणा बाेकेर म पाैष १९ गते बिहिबार ShreeAirlines काे विमान चढेर काठमाडाै अाेर्लिए । जाने नै भएपछि केहि अध्ययन त गर्नै पर्याे भनेर स्कुल र एकाउन्टिब्लिटि ल्याबकाे बारेमा केहि खाेजे इन्टरनेटमा , अनि याे संस्थाकाे वेवपेजमा चाहारे । थाेर बहुत नबुझि म त्यहाँ पुगेकाे थिए पाेष २० गते शुत्रबार बेलुका ३ बजि सुरूहुने भनेकाे पाेग्राम केहि ढिला सुरू भयाे । म Open Gov Hub लेखिएकाे बाेर्ड हेर्दै गाैरिधारा पुगेकाे थिए । कार्यालयमा पुग्दा उहाँहरू विजि हुनुहुन्थ्याे । म त्यहाँ पुग्दा सागर कंडेल सँग परिचय भयाे । हामि सरासर माथि गयाै । अस्मिता शर्मा देखा पर्नु भाे म मुस्कुराए उहाँ पनि सँगै , अनि उहाँले मलाइ सागर सँग हाेटल जान भन्नु भयाे र ५ बजि यहि अाउन भन्नु भाे । म सरासर हाेटेल गँए, सागर म गफिदै जादै थियाै बाटाेमा एउटा चिट तनाइयाे हिडदा हिडदै काेठा नं ३०२ मेराे भयाे । यसरि चिट तनाएर सँगै राख्ने अायाेजककाे अाइडिया गज्जब थियाे । यही बाट मैले सिक्न सुरू गरे कि?
स्विर्णिम हाेटलकाे ३०२ मा काेठा खाेल्दै गर्दा काेठा नं ३०३ उग्रियाे , उहाँ पनि स्कुलकै लागि अाउनुभएकाे सागरकाे भनाइ पश्चात म हात मिलाउन सरे............ दिपेन्द्र पाण्डे अपरिचितले हातकाे एक झड्का दिदै परिचय खाेले, म देबेन्द्र सुबेदी झापा बाट.... । मिन राशि , क्या गज्जब ..... नजिकहुन मन भए के चाहिन्थ्याे र? राशिफल बाहाना बन्याे त्याे बेला । मैले उहाँ लाइ मेराे रूममा अाउन अाग्रह गरे .. गफ मज्जैले भयाे । हामि केहिबेरकाे भलाकुसारी पछि काशि सर सँग भेटियाै र सँगै ए ल्याबकाे अफिस तिर हानियाै । बाटामा हामि तिनै जना विभिन्न प्रदेश बाट रहेछाै सबै प्रदेशबाट एक एक जना बाेलाएकाे हाे कि भन्ने अनुमान लगायाै तर त्याे केवल अनुमान मात्र बन्याे सत्यता बनेन ।
नमस्कार म नारायण अधिकारी,तपाइहरू लाइ यहाँ स्वागत छ ।
नारायण सर सँग परिचय भयाे, हामि एक अर्का सँग अाैपचारिक परिचय गदै थियाै । निक्के बेर बाहिर गफगाफ भयाे । भित्र हामिलाइ स्वागत गर्ने तयारि भइरहेकाे हामि बाहिर बाटै देखिरहेका थियाै । सायद भित्र हतारका साथ काम भइरहेकाे थियाे । हामिलाइ चिया कफि र कुकिजले पर्खिएकाे थियाे बाहिरै हामिले त्यस्लाइ बाकिँ राखेनाै ।
![]() |
| Integrity School First Batch Scholars with Narayan Adhikari. |
करिब ५ बजे तिर हामिलाइ भित्र बाेलाइयाे । हामि जादा एकदमै उत्कृष्ट ग्राफिक्स युक्त्त स्लाइड स्किनमा हामिलाइ कुरिरहेकाे थियाे । साच्चिकै उत्कृष्ट थियाे । याे कस्ले बनायाे?? मैले अलिक भरे प्रश्न समेत राखे त्यहाँ ......बिकिन याे नाम अरू कुनै कारणले भन्दा त्याे ग्राफिक्स काे कारण मलाय अाउदाे भयाे । साह्रै साधारण तर उन्कृष्ट । नारायण सर ले ए ल्याब र इन्टिग्रिटि स्कुलकाे बारेमा भन्नु भयाे , हामिलाइ स्वागत गर्न त्यसरी एकगठ्ठा भएकाे ए ल्याब टिम अन्तिम दिन पनि उस्तै मजबुत र एक कठ्ठा देखेर पनि मैले सिके । पहिलाे दिन मैले साेचेकाे अस्मिता शर्मा मैले साेचे भन्दा अब्बल र उर्जावना पनि , अनि मैले साेचेकाे निति श्रेष्ठ ? साेचेजस्तै तर अलि कम इन्टररियाक्टिभ । हाम्राे बिच बिचमा ए ल्याबका जुझारू पंत्ति सबैकाे नाम पहिलाे दिनै यति मज्जाले इन्जाेए गरियाे नि ...... धेरैकाे नाम हेरेर चिटिङ गरियाे सर्बाेकृष्ट अंक दाबि गरेर हाेटल फर्किए म त ।। अाफ्नाे नामकाे सेक्रेट बताउदाै नाम भन्दा ए ल्याबका बिश्वास,एकता,अाश्ना,साेनि,थुक्तेन काे नाम याद भयाे । अन्य सहकर्मि मित्रकाे नामकाे प्रस्तुतिकरण हेर्न र सुन्न लायक थियाे । लक्षित, मधुकरमणि र कृष्ण सर अाहा क्या तरिका थियाे तपाइहरूकाे नाम बताउने । रामजि सर ?? जि किन लगाएकाे रे ? हा हा हा मज्जा अायाे सम्झदै ।
![]() |
| पहिलाे दिन हाेः याे फाेटा हेरेर के सहजै भन्न सकिन्छ भने सबैकाे ध्यान नारायण सर तिर छ । |
अाश्ना ,साेनि,विस्वास,थुक्तेन,एकता,सुरेश,अस्मिता,निति,रिजन ..... नामहरूकाे कहानि जबरजस्त किसिमकाे म त्यहाँ निक्कै रमाए ....कार्यालयकाे थकानले रेष्ट लिइरहेकाे हुन्थिहुलाँ सायद यदि म झापामै हुदाे हु त त्याे समयमा ... काठमाडाै र इन्टिग्रिटि स्कुलकाे कक्षा काेठामा थिए म । गफहरू भए पहिलाे दिन हामिले इन्टिग्रिटि स्कुलकाे बारेमा थाेर बहुत मात्र बुझन सफल भयाै कि?
दाेश्राे दिन
दाेश्राे दिनकाे सुरूवात कसरी भयाे भन्दा पनि पहिलाे दिनकाे अन्त्य कसरी भयाे तर्फ एकै छिन लागाै । अायाेजकले व्यवस्थापन गरेकाे हाेटलमा हामि सहभागि सबै पुग्न सफल भएनै म काेठा नं ३०२ र लक्षित सर काेठा नं ३०४ मा हुनुहुन्थयाे । राति ए ल्याबकाे टिम अायाे र लक्षित सरलाइ मेराे रूममा सारेर राख्याे , अनि सागर र रिजन ३०४ मा बस्ने प्लान मिलाउनु भएकाे रहेछ । खैर केहि छैन ....मैले रूममा लक्षित सरलाइ स्वागत गरे र सागर र रिजन लाइ मेराे रूममा अाउन भने ....हामि गफियाै मज्जाले । कति सम्म गफियाै भने भाेलिपल्ट विहान सागरले मलाइ दाइ भने मैले भाइ भन्न समस्या मानिन हामि दाजुभाइ जस्ताे अात्मिय भै सकेछाै । राति २ बजि सम्म गफ गरियाे .....गफ के सम्म गरिएन हाेला र? अाखिर गफै त हाे ।
विहान अक्सर ७-८ बजिसम्म सुत्ने म राति २ बजे सम्म नसुति बसे पछि के हालतले ७ बजि उठन सकेहुँला? जे हाेस उठनै ठिलाे भै सकेकाे थियाे । बेलुका छुटने बेलामा अस्मिता मिसले पंचुवल प्लिज भनेकाे विर्सिन सकिन ......लागेकाे बानि नै हाे जस्ताे लाग्याे ....अाखिर हाम्रै बानि भनेकाै अन्तिममा हताराे गर्ने त छ सधै । हाम्राे ठिलाे उठाइलाइ हाेटलकाे ब्रेकफास्टले छाेपिदियाे ए ल्याबकाे टिम हाेटल हामिलाइ खाेज्दै अाइपुगिसकेछ .... हाेटलकाे ब्रेकफास्ट रेडि नभएकाे भेटेपछि उहाँ हरू ....ए ल्याब पाे म्यानेजमेन्टमा चुक्याे कि भनेजसरी सरि भन्न तर्फ लाग्नुभयाे हामिले पनि ए ल्याबकाे अफिस पुगेर ढिलाे भएकाेमा क्षमा माग्याै । बिहान हामि सिधै गार्डेनमा पुग्ाये ...सबैजना गाेलाे घेरामा उभियाै हामि त्यति नाम सँग जानकार थिएनाै एक अर्काकाे ....... याे गेम निक्कै मज्जा अायाे खेल्न ... नाम भन्दै बल सम्बन्धित व्यत्तिलाइ दिनुपर्ने याे खेल राेमाचक तथा फाइदा जनक थियाे । यस्मा म प्रथम भए ............अाउट हुनेमा । याे गेम देखि साेनि मेराे लागि रिना बनिन मैले रिना उच्चारण गरेकाेले अाउट भएकाे थिए त्याे बेलादेखि मैले उस्लाइ रिना नै भनिरहेकाे छु यति सम्मकाे दाेश्राे दिन र तेश्राे दिनकाे कुरा छाैडाै फेसबुकमा साथि बनेपछि उहाँकाे निक नेम इडिट गरेर रिना राखिदिए । (कार्यत्रममा मलाइ सम्बाेधन गर्न बाेलाउदा चै मैले धन्यबाद साेनि नै भनेकाे थिए । ) नेमिङ गेम खेलिसक्दा अजय सर हाम्राे कार्यक्रममा उपस्थित हुनु भयाे हामि उहाँ सँग गफियाै । एकैछिनमा महेन्द्र सर पनि हाम्राे लागि उपस्थित हुनु भयाे । एकाउन्टिब्लिटि ल्याबकाे निमन्त्रणा मा हाम्राे लागि अाइदिनुभएकाेमा सर हरूलाइ धन्यबाद । अजय सरकाे क्रिप्टाेक्याटिक नेटवर्क ले मन अमिलाे मात्र बनाएन हामि भ्रष्टाचारकाे जञ्जिरले फेरि उम्कनै नसकिने गरि जकडिएकाे पाे छाै कि भन्ने अनुभुति गरायाे । म निक्कै स्तब्ध र भाबुक भएकाे थिए । हामिले कस्ताे समाज स्थापना गरेका छाै हाै ?
सरहरू सँगै खाना खाइयाे , पछिल्लाे चरणका चर्चित भ्रष्टाचार काण्डकाे बारेमा चर्चा गरियाे । अजय सरले यदि तपाइहरू मध्धे काेहि हाल नेपाल एयरलाइन्सकाे कर्मचारी भएकाे भए तपाइहरूले हामिलाइ कसरि सहयाेग गर्नुहुन्थयाे भनेर प्रश्न गर्नु भयाे । मैले विचरा हामि ....... हामि केहि सहयाेग गर्न सक्दैनाै । कतिपय कुरा गाेप्य राख्नु पर्ने हुन्छ । कार्यालयका सुचनाहरू गाेप्य राख्नुपर्ने बाध्यताले घेरिएकाे कर्मचारीले एउटा मिडाकर्मि , रिसर्चर लाइ के सहयाेग गर्न सक्ला र?? तर त्यस्ताे हाेइन रहेछकि उहाँ हरूलाइ निक्के कर्मचारिले सहयाेग गरिरहेकाे कुरा बताउनुभयाे । सरकाे अध्ययन काे सारांश पनि हामिले सुन्न भ्याएनाै ....दाेश्राे दिनकाे अाधा समय गै सक्दा प्राय हामि सबै सहभागिलाइ के महसुस हुन गयाे भने हामिलाइ एकाउन्टिब्लिटि ल्याबले उपलब्ध गराएकाे समय एकदमै थाेरै छ । हामिलाइ धेरै सिक्नु थियाे .....समय एकदम कम रहेकाे हामिले महशुस गर्याै । अाफ्नाे सेसन सकेर अजय सर घर लाग्नु भयाे ।
अजय सरकाे सेसन सकेर हामि के गर्न सक्छाै ? याे व्यवस्था किन यसरी नतिजामुखि हुन सकेन ? यस्ले सन्तुष्टि किन दिन सकेन? हामि थप के गर्न सक्छाे अाफ्नाे देशकाे लागि र किन गने चाहान्छाै त? यस्ता प्रश्नकाे माझमा रहेर छलफल र प्रस्तुतिकरण गर्न ल्याबले क्लास वर्क दियाे हामि दुइ समुहमा बाडियाै । मधुकर सर, राजेन्द्र सर, दिपेन्द्र सर र म एउटा ग्रुपमा पर्याे हामिले केहि लेखेनाै साधारण कुरा लेख्याे । प्रस्तुतिकरणकाे जिम्मा साथिहरूले मलार्इ थमाउनुभयाे । मैले नाइ भनिन । हामि भन्दा पहिला अर्काे टिमकाे प्रस्तुतिकरण थियाे तिन वटा पेपरमा उहाँहरूकाे तिन फरक जनाले प्रस्तुतिकरण गर्नु भयाे । निक्कै लामाे प्रस्तुतिकरण भएकाे र लाेकसेवाकाे उत्तर जस्ता वुदाँ समेटिएकाे हुनाले साथिहरूकाे उत्कृष्ट कुराहरू प्रस्तुतिकरणकाे क्रममा फितलाे महशुस भएकाे हाे कि जस्ताे मलाइ भान भएकाे थियाे । व्याख्या गर्न परेन भनेर साथिहरूले विचमा जाेडे पछि मैले अाफ्नाे प्रस्तुतिकरणमा सुधार गर्ने विचार गरे अाखिर हाम्राे कुरा पनि सटिक थियाे । मैले राजेन्द्र सर र दिपेन्द्र सरकाे सहयाेगमा प्रस्तुतिकरण सके । साथिहरूले राम्राे गरेकेा प्रतिक्रिया दिनुभयाे ।
क्लास वर्क र प्रस्तुतिकरण हेरिरहनु भएकाे महेन्द्र सरले सेसन सुरू गर्नु भयाे । हाम्राे दिमागमा क्रिप्टाेक्रयाटिक नेटवर्ककाे भुतले ठाँउ जमाएकाे थियाे । उहाँले इलाम देखि बाग्लुङ सम्म जिल्ला शिक्षा अधिकारी हुदाँ खेरीकाे अनुभव अादाप्रदान र दाङकाे घटना तथा मन्त्रालयमा हाल गरिरहनु भएकाे कार्य अनुभव सुनाउदा हामि फेरि हाैसलाले भरिपुर्ण भयाै । एउटा व्यत्तिले पनि कति धेरै गर्न सक्दाे रहेछ भन्ने महशुस भयाे अाखिर निजामति सेवा भित्र इमान कहाँ मरिसकेकाे छ र? याे सेवालाइ गाैरव गर्न लायककाे बनाएरै छाेडने अठाेट म भित्र ज्यादा थियाे ।
दाेश्राे दिन
दाेश्राे दिनकाे सुरूवात कसरी भयाे भन्दा पनि पहिलाे दिनकाे अन्त्य कसरी भयाे तर्फ एकै छिन लागाै । अायाेजकले व्यवस्थापन गरेकाे हाेटलमा हामि सहभागि सबै पुग्न सफल भएनै म काेठा नं ३०२ र लक्षित सर काेठा नं ३०४ मा हुनुहुन्थयाे । राति ए ल्याबकाे टिम अायाे र लक्षित सरलाइ मेराे रूममा सारेर राख्याे , अनि सागर र रिजन ३०४ मा बस्ने प्लान मिलाउनु भएकाे रहेछ । खैर केहि छैन ....मैले रूममा लक्षित सरलाइ स्वागत गरे र सागर र रिजन लाइ मेराे रूममा अाउन भने ....हामि गफियाै मज्जाले । कति सम्म गफियाै भने भाेलिपल्ट विहान सागरले मलाइ दाइ भने मैले भाइ भन्न समस्या मानिन हामि दाजुभाइ जस्ताे अात्मिय भै सकेछाै । राति २ बजि सम्म गफ गरियाे .....गफ के सम्म गरिएन हाेला र? अाखिर गफै त हाे ।
विहान अक्सर ७-८ बजिसम्म सुत्ने म राति २ बजे सम्म नसुति बसे पछि के हालतले ७ बजि उठन सकेहुँला? जे हाेस उठनै ठिलाे भै सकेकाे थियाे । बेलुका छुटने बेलामा अस्मिता मिसले पंचुवल प्लिज भनेकाे विर्सिन सकिन ......लागेकाे बानि नै हाे जस्ताे लाग्याे ....अाखिर हाम्रै बानि भनेकाै अन्तिममा हताराे गर्ने त छ सधै । हाम्राे ठिलाे उठाइलाइ हाेटलकाे ब्रेकफास्टले छाेपिदियाे ए ल्याबकाे टिम हाेटल हामिलाइ खाेज्दै अाइपुगिसकेछ .... हाेटलकाे ब्रेकफास्ट रेडि नभएकाे भेटेपछि उहाँ हरू ....ए ल्याब पाे म्यानेजमेन्टमा चुक्याे कि भनेजसरी सरि भन्न तर्फ लाग्नुभयाे हामिले पनि ए ल्याबकाे अफिस पुगेर ढिलाे भएकाेमा क्षमा माग्याै । बिहान हामि सिधै गार्डेनमा पुग्ाये ...सबैजना गाेलाे घेरामा उभियाै हामि त्यति नाम सँग जानकार थिएनाै एक अर्काकाे ....... याे गेम निक्कै मज्जा अायाे खेल्न ... नाम भन्दै बल सम्बन्धित व्यत्तिलाइ दिनुपर्ने याे खेल राेमाचक तथा फाइदा जनक थियाे । यस्मा म प्रथम भए ............अाउट हुनेमा । याे गेम देखि साेनि मेराे लागि रिना बनिन मैले रिना उच्चारण गरेकाेले अाउट भएकाे थिए त्याे बेलादेखि मैले उस्लाइ रिना नै भनिरहेकाे छु यति सम्मकाे दाेश्राे दिन र तेश्राे दिनकाे कुरा छाैडाै फेसबुकमा साथि बनेपछि उहाँकाे निक नेम इडिट गरेर रिना राखिदिए । (कार्यत्रममा मलाइ सम्बाेधन गर्न बाेलाउदा चै मैले धन्यबाद साेनि नै भनेकाे थिए । ) नेमिङ गेम खेलिसक्दा अजय सर हाम्राे कार्यक्रममा उपस्थित हुनु भयाे हामि उहाँ सँग गफियाै । एकैछिनमा महेन्द्र सर पनि हाम्राे लागि उपस्थित हुनु भयाे । एकाउन्टिब्लिटि ल्याबकाे निमन्त्रणा मा हाम्राे लागि अाइदिनुभएकाेमा सर हरूलाइ धन्यबाद । अजय सरकाे क्रिप्टाेक्याटिक नेटवर्क ले मन अमिलाे मात्र बनाएन हामि भ्रष्टाचारकाे जञ्जिरले फेरि उम्कनै नसकिने गरि जकडिएकाे पाे छाै कि भन्ने अनुभुति गरायाे । म निक्कै स्तब्ध र भाबुक भएकाे थिए । हामिले कस्ताे समाज स्थापना गरेका छाै हाै ?
![]() |
| अजय भद्र खनाल |
अजय सरकाे सेसन सकेर हामि के गर्न सक्छाै ? याे व्यवस्था किन यसरी नतिजामुखि हुन सकेन ? यस्ले सन्तुष्टि किन दिन सकेन? हामि थप के गर्न सक्छाे अाफ्नाे देशकाे लागि र किन गने चाहान्छाै त? यस्ता प्रश्नकाे माझमा रहेर छलफल र प्रस्तुतिकरण गर्न ल्याबले क्लास वर्क दियाे हामि दुइ समुहमा बाडियाै । मधुकर सर, राजेन्द्र सर, दिपेन्द्र सर र म एउटा ग्रुपमा पर्याे हामिले केहि लेखेनाै साधारण कुरा लेख्याे । प्रस्तुतिकरणकाे जिम्मा साथिहरूले मलार्इ थमाउनुभयाे । मैले नाइ भनिन । हामि भन्दा पहिला अर्काे टिमकाे प्रस्तुतिकरण थियाे तिन वटा पेपरमा उहाँहरूकाे तिन फरक जनाले प्रस्तुतिकरण गर्नु भयाे । निक्कै लामाे प्रस्तुतिकरण भएकाे र लाेकसेवाकाे उत्तर जस्ता वुदाँ समेटिएकाे हुनाले साथिहरूकाे उत्कृष्ट कुराहरू प्रस्तुतिकरणकाे क्रममा फितलाे महशुस भएकाे हाे कि जस्ताे मलाइ भान भएकाे थियाे । व्याख्या गर्न परेन भनेर साथिहरूले विचमा जाेडे पछि मैले अाफ्नाे प्रस्तुतिकरणमा सुधार गर्ने विचार गरे अाखिर हाम्राे कुरा पनि सटिक थियाे । मैले राजेन्द्र सर र दिपेन्द्र सरकाे सहयाेगमा प्रस्तुतिकरण सके । साथिहरूले राम्राे गरेकेा प्रतिक्रिया दिनुभयाे ।
![]() |
| महेन्द्र प्रसाद पाैडेल Integrity Idol Nepal 2019 |
क्लास वर्क र प्रस्तुतिकरण हेरिरहनु भएकाे महेन्द्र सरले सेसन सुरू गर्नु भयाे । हाम्राे दिमागमा क्रिप्टाेक्रयाटिक नेटवर्ककाे भुतले ठाँउ जमाएकाे थियाे । उहाँले इलाम देखि बाग्लुङ सम्म जिल्ला शिक्षा अधिकारी हुदाँ खेरीकाे अनुभव अादाप्रदान र दाङकाे घटना तथा मन्त्रालयमा हाल गरिरहनु भएकाे कार्य अनुभव सुनाउदा हामि फेरि हाैसलाले भरिपुर्ण भयाै । एउटा व्यत्तिले पनि कति धेरै गर्न सक्दाे रहेछ भन्ने महशुस भयाे अाखिर निजामति सेवा भित्र इमान कहाँ मरिसकेकाे छ र? याे सेवालाइ गाैरव गर्न लायककाे बनाएरै छाेडने अठाेट म भित्र ज्यादा थियाे ।
![]() |
| महेन्द्र सर अाफ्नाे अनुभव सुनाउदै |

Post a Comment