आऊँछ अरे काल , यो साल मेरो

आऊँछ अरे काल , यो साल मेरो
 बन्नु छ रे ढाल , यो साल मेरो

मलाई माथि बोलाऊनै यमराजले पनि
 बन्दै छ रे जाल , यो साल मेरो

लगन गाँठो उनले अन्तै गाँसे पछि
 हुन्छ अरे बेहाल , यो साल मेरो

 धोखा खाई पिडा बोकि बकुल्ला को झै
 हुन्छ अरे चाल , यो साल मेरो

 देबेन्द्र सुबेदि
 पाचँथर


No comments

Powered by Blogger.