एकोहोरो भएँ


तिम्ले मनै चोरेपछि एकोहोरो भएँ
 नाता अन्तै जोरेपछि एकोहोरो भएँ

 छामछुम पारि मेरा यि गोजि रित्याएर
ढिकुटिनै फोरेपछि एकोहोरो भएँ

 गरिब छु छनत केनै थियो र
 भएजति सोरेपछि एकोहोरो भएँ

 च्यातिएको झुम्राको गोल अको झुम्राले झै
तिम्ले मन मोरेपछि एकोहोरो भएँ

 -देबेन

No comments

Powered by Blogger.