तिमि अाउने अाशमा

तिमि अाउने अाशै अाशमा बाँचेकाे छु।।
त्यहि चुहिने छाप्राे बासमा बाँचेकाे छु ।।

छुरा राेपि अाैषधि लिइ अाँउछु भन्याै
लाग्छ मेराे अन्तिम सासमा बाँचेकाे छु।।

तिम्राे न्यानाे अँगालाे संझिएर दिन रात
उहि पुरानाे मायाकाे अाभाषमा बाँचेकाे छु।।

अाँखा तिमि गएकाे बाटाे हेर्छ निरन्तर
अाउदैनाै कि जीवन हतासमा बाँचेकाे छु।।

संझना छ तिम्ले अाँउछु भनि गएकाे
अाश्वासनकाे थुप्राे रासमा बाँचेकाे छु।।

न भाेक छ न त निर्खा लाग्छ मलाइ
भित्र बाहिर गरिरहने बतासमा बाँचेकाे छु।।

म अाफैले अाफैलाइ सिध्याउन मन छ
यहि गर्न नसकेर खासमा बाँचेकाे छु ।।

देबेन्द्र सुबेदी देबेन
२०७०-१२-०९ 

No comments

Powered by Blogger.