बसाइ हिड्नेकाे ताँतिले
बसाइ हिड्नेकाे ताँतिलेबस्नेकाे मन रूवाउँदछ ।
लाखाैकाे लागि उजाड छ याे देश
मुठ्ठि भरलाइ त स्वर्ग छ ।
बसाइ हिड्नेकाे ताँतिले ...
....................................
--------*------------*----------
छाेरा र छाेरीकाे अाँसु देख्दा
छाति पाेलेर अाँउदछ
साहुकाे ऋण सम्झदाँ
मनमा डढेलेा लाग्दछ ।।
बसाइ हिड्नेकाे ताँतिले
बस्नेकाे मन .................
...............................
--------*------------*----------
हालत छ जुन तिम्राे स्वदेशमा
त्यहि छ हालत विदेश मा
कति छन त्यहाँ मागेर हिड्ने
कति छन त्यहाँ मस्तिमा ..
बसाइ हिड्नेकाे ताँतिले
.............................
--------*------------*----------
मुटुमा घाउ बाेकेर
नजाँउ नेपालि विदेशमा
मासेर शत्रु झलमल पाराै
वसेर अाफ्नै स्वदेशमा
वसाइ हिड्नेकाे ताँतिले
सर्जकः जे वि टुहुरे
Post a Comment