चुडायौ सारङी नबज्ने तार बनायौ
चुडायौ सारङी नबज्ने तार बनायौगर्यौ सयर चडेर मलाई कार बनायौ
उचालेर तिमीलाई रङ्गमन्च पुर्याए
हल्लायौ हात आफ्नै संसार बनायौ
सफलता हात पर्यौ र लात हान्यौ
जोडेउ सम्पती आफ्नै घरबार बनायौ
मा तिम्रो एउटा सिडिको इटा हुल
अरु म जस्तै कती हजार बनायौ
टुटयो सम्बन्ध भनेउ आरुलाई
छापेउ मिडियामा एक समाचार बनायौ
हटायौ एउटा गमला तिम्रो बगैचाको
रोपेर अरु फुलकै बजार बनायौ -
देबेन्द्र सुबेदी 'देबेन'
२०७०-०६-१७
Post a Comment