तिम्रो याद

तिम्रो याद,
सायद जिबनको नमेटिने
 एउटा पाना बनेको छ मेरो
 तिमी सँग का ति साथ हरु
 एउटा सौगात बनेको छ जिबनको


तिमी,तिमी र तिम्रा नयनहरु
 मैले आखा बन्द गर्दा नि
 देखिरहन्छु निरन्तर निरन्तर
 सिर्फ, एक दर्शन पाएको थिए
 त्यो धुलाम्मे सडकमा


एउटा अजमबरी माया पाएछु
 यस्तै लागेको थियो उस बेला
 बल्ल आज थाहा पाएँ
कती झुट हुदोरहेछ ति
आखाँ सँग जोडिएका मनहरु


संन्सारै जिते झै खुशी थिएँ
जुनबेला जोडिएका थिए हातहरु
मुटु जोडने थप कल्पनाहरु
उन्मात भएर आएथ्यो भित्रै
 खरानी बन्यो तिम्ले जलाएर्

त्यो माया, त्यो कल्पना
तिमी सँग जोडिएका खुशीहरु
सङ्ग्राहलय बनेर थन्किएको छ
तिमीले बोलेका शब्द शब्द
 अबिस्मरणिय छन ति सबै

देबेन्द्र सुबेदी 'देबेन'
  २०७०-१२-२६
   पाँचथर 

No comments

Powered by Blogger.