चाखुमँ भन्दा कती मिठो हाँस्ने गर्छे शिला

चाखुमँ भन्दा कती मिठो हाँस्ने गर्छे शिला
 कसम दिलको मझेरिमा बाँच्ने गर्छे शिला

 जवानी को लुकामारी खेल्न कती मन रैछ
 कु कु भन्छे खोज्छ भनी डाक्ने गर्छे शिला

 खलासी ठुलो कुरा कन्डक्टर पो रै छु म त
 माया रित्तो किन गाडी हाक्ने गर्छे शिला

 बोहारस थेउरी कती त्रुटी देबेनस थेउरी आउछ अब
 क्वान्टा क्वान्टा रेडिएसन फाक्ने गर्छे शिला

 सुध्धै होला नि सबै कुरा खोइ खोइ भन्छे मस्किएर
 चुस्स चुस्स अलि अलि चाख्ने गर्छे शिला

देबेन्द्र सुबेदी देबेन्
घटेकुलो, काठमाण्डौ

No comments

Powered by Blogger.