DEBENDRA SUBEDI


पिरतीमा चोखो प्रेमको हार भयो जिन्दगि
जसले रेटे रेटिने सारंगीको तार भयो जिन्दगि

हयूद लाग्दा पौलौने बर्खा लाग्दा ओएलौने
रितु सरि रंग फेर्ने उजाडको झार भयो जिन्दगि

न आउछ यहाँ भित्र केहि, न जान्छ केहि बाहिर
तोड्नै नसक्ने कारागारको बार भयो जिन्दगि

दुल्छ मनमा तिम्रै सम्जना, गर्छ कुराकानी तिम्रै
आँशु सरि जीउनु पर्ने उपहार भयो जिन्दगि

पिरतीमा चोखो प्रेमको हार भयो जिन्दगि
आँशु सरि जीउनु पर्ने उपहार भयो जिन्दगि

No comments

Powered by Blogger.