रुकुम रोल्पा भोकै हुँदा

Nepalipedia

रुकुम रोल्पा भोकै हुँदा झापा अघि सर्ने कैले ? 

ताप्लेजुंगको चोट माथि मल्हम पट्टी गर्ने कैले ? 


नेपालगंज दन्कि राछ दासताको ज्वाला बोकी , 

कमैयालाई मुक्त गरि समानता छर्ने कैले ? 




शित लहर सप्तरीको ज्यान लिने काल भयो , 


नाङ्गो आंगमा एक सरो लत्ता दिई भर्ने कैले ? 





चितवनमा बोक्सि भनि ज्युदै चेली जलाईयो ,


ज्यानमारा त्यो सजायँको भागीदार पर्ने कैले ?





युवा जमात बिदेशीयो श्रमज्याला खोजि गर्दै ,


देश सिगार्न जन शक्ती समुन्द्र यो तर्ने कैले ?

No comments

Powered by Blogger.