.jpg)
म सँग तिम्रो जस्तो घर थिएन
रमाउने मन भुलाउने शहर थिएन
मत थिए खहरे नदी थियौ तिमी
तिम्रो जस्तो दुबै तिर बगर थिएन
मन परे वारी आउथियौ मन नपरे पारि
तिम्लाई जस्तो मलाई कुनै अवसर थिएन
मलाई बग्नु पर्थियो गडिएर एकै ठाउमा
वारी पारी गर्ने कुनै रहर थिएन
देबेन्द्र सुनेदी 'देबेन'
Post a Comment