होलि स्मारक 2071
मिति 2071 साल फागुन 21 गते अर्थात फागु पुर्णिमा होलि को दिन एकाबिहानै उठियो, अघिल्लो दिन चर्चा गरिए अनुरुप नै मण्डप मा होलि खेल्ने उत्साह मन मा कायम थियो। ब्रस गरे एक कप कालो कफि तयार गरेर बाहिर पानी थाप्न निस्कें,पानी थापी सके पछाडी ढुक्क भो आज होलि खेलिने भैयो, नुहाउन पानी को टेन्सन नहुने भो ।
सरासर खाना पकाउन लागे ,बाहिर पसल बाट राज्मा र एउटा अण्डा लिएर आउ । मेरो मा प्राय बेलुका कै दाल हुने हुनाले दाल लाई फेरि 3-4 सिट्ठी लगाए। अ्लेट र राज्माको तरकारी हतार हतार बनाएर खाए लगभग 8:30 तिर खाना खाए। अनि बाहिर पसल बाट लोला र रङ किनेर ल्याए यता उति हेरे कसैले होलि खेलेको देखिन पोहोर को साल त करिब यै समय मा होलि मस्त लागि सकेको थियो हाम्रो घर र गल्ली मा। छत मा एक बाल्टी पानी र लोला लिएर चढे तेस्पछी लोला ठिक्क पारेर वरि परि जहाँ भेट्यो त्यही प्रहार सुरु गरे पहिलो निशाना सागर दाइ भए । मदन लाई खेल्न जाउ भनेको मानेन तेस्पछी आफै रन्किएर छत चढेको थिए एकै छिन मा भाइहरु अच्युत, भरत,सुमन र प्रभेस को आगमन भयो तर कसैले खेल्जे इच्छा जाहेर गरेनन। खेम राजा लाई दरै गरि लोला हिर्काएसी बल्ल छत मा आए तर पनि खेल्न मन गरेनन तेस्पछी बर्ष को एक दिन आउने होलि मनाउन म कोठा बाट एउटा सेतो टि सट र कालो पुरानो ट्राउजर लाएर मण्डप तिर लम्किए। बाटो मा पनि खासै होलि खेलेको देखिन तर घट्टेकुलो चोकै को मन्दिर छेउ को घर मा पुलिस पसेको देखे सायद त्यहा चै केही उत्सृन्खल गतिविधि भएको हुनुपर्छ। करिब 10:45 तिर मण्डप पुग्दा त्यहा झापाली माइलो सर,दुर्गा दाइ ,लन्द्रे र चनमते भेटिए झापाली र दुर्गा दाइ सङ परिचित मुस्कान बाडियो चनमते सङ नि परिचय भो तर लन्द्रे सङ परिचय भएन हात मात्र मिलाइयो भरे पो लन्द्रे हो भनेर सोधनु पर्दा लाज लाग्यो। एक छिन को गफगाफ मै जुनकीरी , मान्सा, दयमन्ती,पुष्पा लगायत को आगमन भो तेस्पछी त होलि शुरु भै गो बिस्तारै बिस्तारै भाइरस,पिलन्धरे,रेजिना,अमृत दाइ,क्षितिज दाइ,कुलरिम्स बाबाजी र अन्य ट्विटे को आगमन भो होलि रोमान्चक रुप ले शुरु भो गफाडी को बिहे को चर्चा र खेदी खेदी रङ लाइयो त्यो भन्दा अगाडि नै सिकारी र झापाली दाइ टुच्च लाउन गएको कुरा यहाँ नभनौ होला। दयमन्ती लाई केटा हरु ले पालै पालो अङालो मार्ने र बोक्ने गरेको केही असहज लागे पनि सामान्री रुप मै लिदै होलि अगाडि बड्यो । रचना सङ को भेट बिशेष भयो कम्सेकम मलाइ किन ब्ल्क गर्या भनेर सोढ्न पाए उतर मा मलाइ नै थाहा छैन भन्ने जवाफ आयो म ट्वा । काया लाई मण्डप का केटा केटि ले प्रहार गरेका लोला हरुले जनयुद्ध ता का सेना ले बर्साएका गोलि जस्तै थिए ती केटा केटि लाई एक चोटि त थर्काएर खेदाको भाइरस ले वाच गरि रहेको रैछ भरे भो छोडिदिनुस भन्यो त्यहा बाट होलि त हो आखिरी भनेर हामी नि रमाउन लाग्यौ। निर्मल ले मेरो ह्याण्डिल पटक पटक भनेर लज्जित तुल्याए, बाबाजी को क्यामरा अगाडि उफृएर पुगियो। मण्डप को होलि मा रेजिना का साथिहरु को उपस्थिती ले दुखी आत्मा हरु लाई थप रौनकता प्रदान गर्यो।
खुर्पेटो को उहीँ हासो, चनमते,पुस्पा,लन्द्रे,पिलन्धरे,निर्मल र क्यानाभास सङको पहिलो भेट,सुबिकु दाइ को जेन्टल ब्यक्तित्व सबै सबै सङ को भेट त्यो हर्ष उल्लास म कहाँ शब्द मा उतार्न सक्छु र? काया को जोशिलो पन र दयमन्ती को बिदास लाइफ को आरिसे हु म । रेजिना सङ को धेरै पछि को भेट पनि शुखद रहयो तर मैले हानेको रंग आखामा पर्दा चै आफै लाई दुख लाग्यो। भृकुटीमण्डपको साइड को माडे हरु को कन्सर्ट हाम्रा लागि काग लाई बेल पाक्यो हर्ष न बिस्मत भएको थियो। मुक्ती र फन्नी को उपस्थिती थिएन उहाँ हरुलाइ भेट्न कति मन भएनी अहिले सम्मन मौका जुरेन। गफाडी को उहीँ आत्मियता र गरिमा को सालिन पन उस्तै थियो, क्यान्भास ले हग गर्न खोज्दा गरिमाले नमस्ते गरेको दृस्य को यहाँ बणन नगरौ ....
मण्डप मा तिनै पुस्ता का ट्विटे भेला भएछन भन्ने वाणी पागलबस्ती बाट छुटे पछि म कुन पुस्ता को हु भनेर सोधे पहिलो नभए दोश्रो भन्ने निस्कर्श निकालियो । क्यानाभास ले पहेलो नदलोस भनेर टाढै बाल बाल बचियो अमृत दाइ को फेस पेन्ट कलर पेन्ट नगरी राखियो बाडियो दाइको पोइसा मात्र खेर गयो । भिभिन्न ट्विटे सङ जोगिरा सररर गाइयो । त्यहाँ बाट निशा दि र उहाँ का भाइ हरु सङ बसन्तपुर तर्फ लागियो बसन्तपुर जाउ भन्दा कोहि नहिडेपछी म निशा दि सङै गए बसन्तपुर । बाटो मा एकै छि @tfscn को बारेमा गफियौ बसन्तपुर पुगेर एक छिन नाच्यौ तेस्पछी फर्किदै थियौ , न्युरोड गेट नेर आइ पुग्दा ट्विटे टोलि बडि मज्जा गर्दै नाच्दै गाउदै आउदै रैछ म त्यही मिसिए फेरि र निशा दि लाई टाटा गरे। ए है भन भन भाइ हो ~~ होलिरे मैले देउशी सुरु गरे साथि हरु मज्जाले साथ दिन थाल्नु भो बिच बिच मा टुक्का हरु गित अनि आफ्नै आफ्नै पारा को डान्स बसन्ती वा बणन गरि साध्य छैन, कान्छा को बिच बिच मा जाने टुक्का अनि सबैको एउटै स्वर जोगिरा सररर ....... हामी गाउदै , रमाउदै बाटो मा हिड्ने अरु लाई समेत रमिता देखाउदै फेरि भृकुटीमण्डपमा आइपुग्यौं । जगल्टे को नया लुक्स झन्डै चिन्नै नसकिने थियो, कपाल ले मात्र चिनिने जगल्टे को अनुहार पुरै कालो रङ ले पोतिएको, उहीँ बिन्दास हिडाइ र चुस्स दारी हेर्न लायक को थियो । सुनिता को चिया पसल अगाडि पुगेर पन्नित , जगल्टे सङै चिया पिए त्यो क्रम मा पटक पटक काया लाई बोलाइ बोलाइ जगल्टे ले प्यारी भन्न छाडेन , सामना भेट्न जादैनस जगल्टु मैले भने , उ हत पत आकि छ र ? भन्दै उठेर यता उति हेर्यो, अनि गै हाल्यो उस्कि (खोइ कस्की?) सामना भेट्न। चिया पिए पछि म उठेर अगाडि आए "ए भाइ मलाइ चिन्छौ?" हेल्मेट हल्का कालो सन ग्लास लगाएका सामिप्य देखापरे बुढा, मैले पनि थर्काए झै गरेर तीन को केही कुरा कसैले नसुन्ने गरेर भने बुढा केही झस्किए त्यहाँ।
त्यो भन्दा अगाडि नै पहिले भृकुटीमण्डपमा मिलन लिम्बु र देखा शुर्खेली दाइ सङ भेट भएको कुरा मैले कहाँ बिर्सेको छु र? मिलन ब्रो को हासो सदा झै खुलेको प्रस्टै देखिन्थियो । शून्य बिचार लाई मण्डप मा देखेको रैछु पैला चिनिन त्यो भन्दा अगाडि देखेको पनि थिइन, भरे TL मा फोटो देखदा चिने अब जहाँ भेटेनी बोलाउने छु । तेस्पछी जगल्टु , काया र देबेन आफ्नो गन्तव्य तिर लम्कियौ , यो बर्ष को होलि औपचारिक समापन भयो त्यही बाट , मण्डप को गेट बाटै काया र जगल्टे सङ छुटिनु पर्यो अरु लाई त परै हस्त नमस्ते गरिसकेको थिए , उनी हरु पनि कपन जाने हुनाले यहि बाट बाइ बाइ गरियो , अरु दुई जना ट्विटे हामी सङै थियौ (नाम बिर्सिए) एक जना ब्लड बैन्क नीर बाट र अर्को जना पुतलिसडक को मोड बाट छुटिनु भो! म एक्लै अनामनगर तर्फ अगाडि बढें, घर मा आइ पुगे।
घर मा आउदा पानी आएको रैछ सबै जना पानी थाप्न,लुगा धुन ब्यस्त देखिन्थे। घर आइपुग्ने बितिकै अच्युत ले एउटा खबर सुनाइ हाले मन मनै हासो लागेर आयो मान्छे हरु सन्कै सन्का मा र आरिस मा कति बाचेका हुन्छन भनेर। तर यो कुरा मा कुनै नौलो पन थिएन सामान्री कुरा हो मैले हासेर उडाए मैदान खाली नै थियो अक्सर आज म त्यो मैदान मा उतृएको पनि थिइन, पोहोर साल कै होलि प्रसङ जुन थियो त्यो, केटा हरु लाई अति चोटि भने उ मेरो जस्ट बैनी हो तर कहिलै पत्याएनन यो कुरा को खास मतलब न मलाइ छ न आकृती लाई । एउटा होलि खेलेर चिन्जान र बैनी भनेर सम्बोधन को नाता जोडदै मा बर्सै भरी कुरा गर्ने बिसय बनाइनु चै अलिक अजायज हो म एस्लाइ बढी प्रहार गर्दिन एउटा संकिण मान्सिकता हो , अक्सर आज पनि म तै बैनी हरुसङ होलि खेलेको भए यी दिमाग हरुले के के सोच्थे कुन्नी??
ढोका खोले , मन मनै कस्तो भैस आज देबेन ? भनेर आत्माले सोधिरहेको थियो , आएर ऐना हेरेको त छ्या छया यो पनि मै हो र? हैट हत पत्त पानी तताए र नुहाए अनि फेरि ऐना हेरे हो यो पो हो त देबेन , हा हा हा मुसुक्क मुस्कुराएछु ।
मलाई @deben24 मा फलो गर्न सक्नुहुनेछ ।
नोट : म सङ कुनै फोटो नभएको र फोटो खिचेका हरुले पटक पटक आग्रह गर्दा समेट उपलब्ध नगराएको जान्कारी गराउदछु। यहाँ उपलब्ध गरिएका फोटा बाबाजी र सुनिल दाइ को ट्विटर बाट डाउन्लोड गरिएका हुन।
Post a Comment