ससुरा बा लाई चिट्ठी
आदरणीय ससुरा बा,
आराम छु, आरामै हुनुहुन्छ भन्ने आशा छ। खास लेख्न र पढन जान्ने त तपाईं को ज्वाइँ कहाँ होर तर पनि सानो मा बाले सिर्कनो ले स्कुल सम्म खेदाएकोले लेख्ने हिम्मत बटुलेको रै छु।
दु:ख सुख को कहाँ बाट सुरु गरौ बुबा? अरब को गर्मी मा पिल्सिएको कुरा ले म तपाईंलाई थप मर्माहत बनाउन चाहान्न। करिब दुई बर्ष अगाडि मेरा बा , तपाईं र तपाइका आफन्त मिलेरै तपाइले मलाइ आफ्नि छोरी गोडा पुजेर सुम्पिनु भो! घर मा बिहे गर छोरा भनेसी मात्र म त बाउ को पछि पछि तपाइको घर सम्म पुगेको थिएँ। खुशी नै थिए अर्काको नासो आफ्नो बनाउन पाउँदा, खुशी नै थिए जिन्दगी काट्ने साथी पाउँदा म । बिहे पछाडीका केही महिना हामी घर मै मिलि जुलि बस्यौ बिस्तारै तपाइकी छोरी लाई मेरो घर मन पर्न छोड्यो बैनी सङ बारम्बार झगडा गर्न थाली , म सम्झाउथे बुझाउथे आफ्नो हेतुले भ्याए सम्मन त तर स्त्री मन को अगाडि पुरुष को मन के ढुङ्गा बन्न सक्ला र पग्ली हालिदो रहेछ । म आफ्नै घर लाई बिरानो बनाउदै परिवार बाट छुट्टिएर बसें , आफ्नै अर्को परिवार बसाउने चाहाना ले सबै कुरा हरु सहज नै लागि रहेको थियो। तपाइलाइ थाहै छ न मेरो ब्यबसाय थियो न मेरो अरु कुनै जागिर नै, तपाइले आफ्नी छोरी मेरो ड्याड को सम्पती हेरेर दिनु भो अनि मेरो बा ले आफ्नो छोरो लाई घरमै राख्ने कडि को रुप मा तपाइको छोरी सङ जोड्ने कस्ट गर्नु भो। परिस्थिति ले म ड्याड को सम्पती को हकदार हुदा हुँदै त्यो अवसर बाट बन्चित भए । एउटा सानो चाप्रो अनि मीठो माया सबै त्यागेर परदेशीनु को पीडा घरमै बसेको तपाइको ज्यान ले बुज्ला नबुज्ला थाहा छैन । यता उता इस्ट मित्रको बिस्वास को नतिजा ले जिन्दगीमा पहिलो चोटि बोइङ को सयर गरेको म अहिले दुबई को बिकट ठाउँ मा बाख्रा चराउदै छु, यहाँ बाट नजिकै को सहर पुग्न पूरा ३ घन्टा लाग्छ । घर मा कुरा गर्दा गर्दै फोनमा पोइसा सकिन्छ र काटिन्छ रि चार्ज कार्ड किन्न लाई त्यति टाढा को शहर जान महिनामा 2 चोटि मात्र बिदा पाइन्छ । बुबा म दिनको 14 घन्टा डिउटी गर्छु डिउटी के भनौ बाख्रा चराउछु गु , मुत सोर्छु । हाम्रो नेपाली टोपी कहाँ लगाउन सक्नु कैन काम को गाम्चा जस्तो खै के हो नाम पनि आउदैन घुम जस्तो चिज ओढछु । काठमाडौ मा दले ले देखाएको सपना को महल बोइङ को अरब मा ल्यान्ड सङै धवस्त भै सक्यो बुबा, घर मा कैले काहीँ उनी सङ कुरा गर्छु अस्ति एक चोटि पोइसा पठाइदिएको थिए ,गाह्रो सार्हो पर्दा मुलघर जानू भन्या थिए , कैले काहीँ गाउँ कै साथिभाइ लाई फोन गरेर सापटी नि माग्दिन्थिए जेन्तेन चलेकै थियो सबै करिब एक महिना अगाडि बहिनीले फोन गरेर भाउजू को चाला माला ठिक छैन दाइ भन्दै थिइ , नन्द भाउजू मिल्दैनन भन्ने सोचेर उस्तो वास्ता गरेको थिइन बा ले पनि बुहारी प्रती गुनासो गर्दै हुनु हुन्थ्यो । म चुपचाप तपाई कि छोरी लाई बिस्वास गर्दै थिए , ४ दिन अगाडि फोन गर्दा मेरो बिस्वास छैन हजुर लाई ? भन्दै भन्दै थिइ त्यति मीठो स्वर मा , आज एकाएक पत्रीका मा तपाइकी छोरी बजार को गेस्ट हाउस मा पक्राउ परेको खबर आयो फोटो सहित, तै माथिको बजार को हल्लार ले पक्रेछ , मलाइ राम्ररी चिन्थियो उस्ले। ससुरा बा, देश मा पुरुष हरुले पटक पटक महिला को बलात्कार र हत्या गरेका छन जुन क्ष्यम्य छैन हुनु पनि हुदैन तर आज मेरो मानसिकता पटक पटक बलात्कृत भएको छ ससुरा बा , गाउका बिर्खे, तल्ला घरको चामे र डाडाको मदने के भनेर कुरा गर्दै होलान , पधेरा मा मेरि आमा कसरी पानी भर्न जादी हुन अनि मेरि बैनी कसरी जादी हो तै बजार छेउ को +2 पढन??? मेरै बुढी को अगाडि उभिएर त्यो हल्लार के के सोधपुछ गर्दै होला हास्दै?? यी हरेक कुरा ले मेरो मस्तिष्क माथी बलात्कार गरि रहेको छ, मेरो स्वाभिमानको पटक पटक हत्या गरिरहेको छ। घरमा फोन गरेर बा लाई सोधे जगल्ट्याउन सक्नु भएन बेस्यालाई? बा ले उता बाट जवाफ फर्काउनु भो डलरका भुक्त भोगी हरु दुर्बिन लिएर हेर्दै छन टाढै बाट बाबू ,कतै मानव अधिकार हनन नहोस भनेर ...... ससुरा बा के तपाई कै त छोरी हो त्यो? होइन म कसरी भनौ मण्डप बाट बिदा गर्ने बेला धाप मार्दै आँसु पुछ्दै "मारे पाप पाले पुण्य" भनेको त यिनै कानले सुनेको हो , म कुन पुण्य कमाउदै छु बुबा ,कुन पुण्य? आफू नर्कमा परेर??
ससुरा बा के बलात्कार विरुद्ध को नयाँ कानुन बन्दा हामी जस्तो मानसिक बलात्कृत लाई न्याय हुने किसिम को कानुन बन्दैन?? के हामी जस्तो घरबार टुटेका हरु को कुबै क्षतिपुर्ती को ब्यबस्था हुदैन? के यो सरासर अपराध होइन र? हिम्मत बए र स्वाभिमान भए एस्तो कानुन बनाउन सरकार लाई दबाब दिन तपाइलाइ कसैले डलर पठाउनु आवस्यक छैन तपाइको पनि छोरो हुर्कदै छ कतै अन्याय मा पर्ला बेलै मा बिचार गर्नोस।
उहीँ तपाइँको
अरबपति ज्वाइँ
Post a Comment