तिमी र म

तिमी र म
हिडदा हिडदै
बाटो मा ,
ठोक्किएका पनि हैनौ
आँखा आँखा
जुधाएर आम्ने साम्ने हुदा
नजिकिएका नि हैनौ
तर बिडम्मना
देखदै नदेखी तिम्लाइ
मन पराए
कल्पनामा हराए
हो मैले मन पराएँ

अनि
खै कहाँ बाट कसरी
यति धेरै
तिम्रो भएछु काली
सम्झनै सक्दिन
बुझ्नै सक्दैन
यो मैले के गरेँ?

के सबै ठिक त गरे
अहँ,
कसरी ठिक गरेर मैले?
थाहा छ मलाइ
राम्रो काम को नतिजा
अवस्य राम्रै हुन्छ
म यो हालत मा छु
अहँ यो ठिक मैले गरिन

दोश मेरो मात्र थिएन प्रिया
म तिम्लाइ दोश थोपर्न
कसरी सक्छु र?
जसरी तिम्ले बक्सिस
मागेकी थियौ
के म त्यसरी नै
खुशी मागौ?

मेरो कम्जोरी भनौ
या तिमी प्रती को माया?
बेस्या भन्नू पर्ने
मान्छे लाई आज म
प्रिया भनेर सम्बोधन गर्दैछु
हो प्रिया ,
म फसेको छु तिम्रो कुलत मा

यो लत को
कुन रिहाब मा उपचार होला?
कुन थेरापी ले ठिक पार्ला
के यो उत्तर तिमी सङ छ?
छ भने भनी देउ
म यो जन्जिर बाट
मुक्ती चाहान्छु

देबेन
२०७१-११-२२

No comments

Powered by Blogger.