कविताः देश प्रेम
ए बकुल्लाहरू हाे
के टुलुटुलु हेरेर बस्छाै
याे देशलार्इ मारेर सिनाे बनाइसके
गिद्धहरूले
ए निमुखाहरू हाे
के टुलुटुलु हेरेर बस्छाै
याे देश जलाएर खरानि बनाए
देश प्रेमिहरूले
तिमि यताबाट रिक्सा चलाएर जाँदा
उता बाट एकहुल राष्ट्रबादीहरू अाउछन झण्डा बाेकेर
यता बाट एकहुल अतिराष्ट्रबादीहरू अाँउछन झण्डा बाेकेर
तिमि पुग्ने परकाे मुत्ति चाेकमा
राष्ट्रबादीहरू र अतिराष्ट्रबादीहरू टायर बाल्छन
सल्ला गरि गरि याे देश जाेगाउन
फल्ना फल्ना हाेसियार
फल्ना फल्ना मुर्दाबाद
फल्ना फल्ना राजिनामा दे
फल्ना फल्ना जिन्दाबाद
अार्यघाटले के भन्छ
फल्ना फल्ना ले भन्छ ।
फल्ना फल्ना मुर्दाबाद
तिमि टक्क राेकिएर
किन ति राष्ट्रबादी र अतिराष्ट्रबादि लाइ साथ दिन्नै?
तिमि पक्कै देश प्रेमि हैनाै
तिम्रा पसिनाले याे देशकाे माटाेमा
उर्वरा शक्ति कति नै भर्याे हाेला र
जत्ति राष्ट्रबादीहरूकाे टायरले बायुमण्डलमा सहयाेग गर्याे
ए देश द्राेहि हाे
कैले काहिँ त सडकमा निस्क
देखाइदेउ कि तिम्रा हातका ठेलाहरूले
कति याे देश बिगार्न मद्दत गरेका छन
देखाइदेउ तिम्रा जिउका मयलका लुडाहरू
तिनिहरू याे भुइमा खसेर कति
याे माटाेलाइ बिगारेका छन
तिमिले साेचेकाे
देश प्रेमिहरू लहलह धान फलेकाे बेलाका
ढुकुर हरू हुन
तिमिले साेचेकाे
देश प्रेमिहरू अष्टमिमा रछ्यानमा भाैतारिएका
कुकुर हरू हुन
जाे सडकका खाल्डा छल्दै सवार हाेइबक्सन्छ
जाे सडकका खाल्डै खाल्डा कुद्छ
ति बिचमा फरक कत्ति छ
खाल्डा छल्दै कुदने देश प्रेमि हुन्छ
खाल्डै खाल्डा कुदने देश द्राेही
याे देशमा देश प्रेमिहरू भन्दा
देश द्राेहिहरू धेरै छन
र त हाम्राे राष्ट्रियता पटक पटक कमजाेर
भएकाे महशुस गर्दछाै हामि
ए देश द्राेहि हाे
ए भाेका नाङ्गा निमुखा हाे
कुनै दिन तिमिहरूलार्इ
देश द्राेहकाे नाममा जिउदै जलाउलान राष्ट्रप्रेमिहरूले
उठ जाग देश प्रेमकाे परिभाषा बदल्न
नत्र खाैरात छैन तिमिहरूकाे ।
देबेन्द्र सुबेदी देबेन
२०७४।०५।२५
कफि हाउस , ताप्लेजुङ्ग
के टुलुटुलु हेरेर बस्छाै
याे देशलार्इ मारेर सिनाे बनाइसके
गिद्धहरूले
![]() |
| Pic by Ranatu Ghatak |
ए निमुखाहरू हाे
के टुलुटुलु हेरेर बस्छाै
याे देश जलाएर खरानि बनाए
देश प्रेमिहरूले
तिमि यताबाट रिक्सा चलाएर जाँदा
उता बाट एकहुल राष्ट्रबादीहरू अाउछन झण्डा बाेकेर
यता बाट एकहुल अतिराष्ट्रबादीहरू अाँउछन झण्डा बाेकेर
तिमि पुग्ने परकाे मुत्ति चाेकमा
राष्ट्रबादीहरू र अतिराष्ट्रबादीहरू टायर बाल्छन
सल्ला गरि गरि याे देश जाेगाउन
फल्ना फल्ना हाेसियार
फल्ना फल्ना मुर्दाबाद
फल्ना फल्ना राजिनामा दे
फल्ना फल्ना जिन्दाबाद
अार्यघाटले के भन्छ
फल्ना फल्ना ले भन्छ ।
फल्ना फल्ना मुर्दाबाद
तिमि टक्क राेकिएर
किन ति राष्ट्रबादी र अतिराष्ट्रबादि लाइ साथ दिन्नै?
तिमि पक्कै देश प्रेमि हैनाै
तिम्रा पसिनाले याे देशकाे माटाेमा
उर्वरा शक्ति कति नै भर्याे हाेला र
जत्ति राष्ट्रबादीहरूकाे टायरले बायुमण्डलमा सहयाेग गर्याे
ए देश द्राेहि हाे
कैले काहिँ त सडकमा निस्क
देखाइदेउ कि तिम्रा हातका ठेलाहरूले
कति याे देश बिगार्न मद्दत गरेका छन
देखाइदेउ तिम्रा जिउका मयलका लुडाहरू
तिनिहरू याे भुइमा खसेर कति
याे माटाेलाइ बिगारेका छन
तिमिले साेचेकाे
देश प्रेमिहरू लहलह धान फलेकाे बेलाका
ढुकुर हरू हुन
तिमिले साेचेकाे
देश प्रेमिहरू अष्टमिमा रछ्यानमा भाैतारिएका
कुकुर हरू हुन
जाे सडकका खाल्डा छल्दै सवार हाेइबक्सन्छ
जाे सडकका खाल्डै खाल्डा कुद्छ
ति बिचमा फरक कत्ति छ
खाल्डा छल्दै कुदने देश प्रेमि हुन्छ
खाल्डै खाल्डा कुदने देश द्राेही
याे देशमा देश प्रेमिहरू भन्दा
देश द्राेहिहरू धेरै छन
र त हाम्राे राष्ट्रियता पटक पटक कमजाेर
भएकाे महशुस गर्दछाै हामि
ए देश द्राेहि हाे
ए भाेका नाङ्गा निमुखा हाे
कुनै दिन तिमिहरूलार्इ
देश द्राेहकाे नाममा जिउदै जलाउलान राष्ट्रप्रेमिहरूले
उठ जाग देश प्रेमकाे परिभाषा बदल्न
नत्र खाैरात छैन तिमिहरूकाे ।
देबेन्द्र सुबेदी देबेन
२०७४।०५।२५
कफि हाउस , ताप्लेजुङ्ग

Post a Comment