सगरमाथाकाे गहिरार्इ माथि एक टिप्पणि

कवि नवराज पराजुलि
नवराज पराजुलि
नव कवि नवराज पराजुलिकाे कविता संग्रह सगरमाथाकाे गहिरार्इ पढेर केहि अाफ्नै लागि केहि मनका अन्तस्करण लेख्रन मन लाग्याे । सर्वप्रथम त काठमाडाै बाट ताप्लेजुङ सम्मकाे दुरीमा याे कृति कुरियर गरि सःसुल्क रूपमा भए पनि कृति पढने अवसर प्रदान गरिदिने बुकवाेर्म लार्इ धन्यबाद  दिन चाहान्छु । विभिन्न रेडियाे कार्यत्रम तथा YouTube मा पटम पटक हेरिएकाे, देखिएकाे तथा सुनिएकाे पृय कवि नवराज पराजुलिका ह्याप्पि बर्थ डे , खाेया, बह्माजीकाे रजस्वला तथा सतीदेविकाे गाण्डिव जस्ता कविता  रेडियाे कार्यत्रम बुलबुल तथा  विभिन्न YouTube च्यानल हरू मार्फत सुनिएका थिए । प्राय लामाे कविता लेख्न्े तथा नहेरि कविता बाचन गर्ने खुवि बाेकेका कवि नवराज पराजुलि कविता बाचन शैलिमा पृथक मानिन्छन नै  उनका केहि छाेटा जस्ता लाग्ने कविता बिहे,अाैला, ढडेकाे इन्द्रेणि ,सिमाना,कम्पन,हार,कनिका,सेल्फि जस्ता छाेटा तर मर्म स्पर्सि कविताहरू समेत सगरमाथाकाे गहिरार्इमा पढन पाइयाे । कविताकाे भाव नझल्के सम्म कविताले मुर्त रूप लिन सक्दैन र जब भाव झल्कि सक्छ तब कविता लामाे बनाइराख्न अावस्यक छैन भन्ने सन्देश कवि पराजुलिकाे बिहे भन्ने कविताले प्रस्ट व्यक्त गरेकाे छ । कविले सियाे र धागाेकाे सम्बन्धकाे प्रस्ट व्याख्या गर्दै विहे सम्बन्धि अाफ्नाे दृष्टिकाेण व्यक्त गरेका छन । 

थाहै नपार्इ
धेरैपटक ठाेकिन्छ मेराे कुहिनाे धेरै ठाँउमा
 अनि जिरिङ्ग हुन्छ हातमा
 थाहै नपार्इ
यसपटक
 तिमिमा मेराे मुटु ठाेक्किएकाे छ ।    

सगरमाथाकाे गहिराइ
कविता कम्पनकाे याे कविता अाफैमा छाेटाे छ तर पनि पुर्ण छ । कविले कविताकाे लम्बार्इ चाैडार्इमा मतलब नगरि कविता लेखेका छन र त्याे नै उनकाे मिठास बन्न पुगेकाे छ । समाजमा घटने साना तिना कथाबस्तु शुस्म रूपले नियाल्ने कवि नवराज पराजुलि युवा पुस्ताका अब्बल कविका रूपमा सगरमाथाकाे गहिराइ पश्चात स्थापित हुन पुगेका छन । २०७४ सालकाे मदन पुरस्कारमा समेत मनाेनयनमा परेकाे कृति सगरमाथाकाे गहिराइ कविता पारखिहरूका निम्ति पढनै पर्ने कृतिकाे रूपमा स्थापित भएकाे छ। 


                             तिमिले
                             मेराे हात समाएकाे दिनदेखि
                             मेराे  याे मुटु
                             अाैंलामा धड्किन थालेकाे छ ।

कविता अाैला मा कविले जम्मा जम्मि १२ शब्दकाे प्रयाेग गरेका छन । हुन त यस्ता छाेटा कविता स्टेज वाचनकाे निम्ति त्यति उपर्युत्त नभएर नै हाेला कवि पराजुलिका अन्तर्वाताहरूमा यि कविताले स्थान पाएनन तर यि कविता अाफैमा पुर्ण भाव बाेकेका र शत प्रतिशत कविताहरू हुन ।

                         मलार्इ
                         त्यतिखेर जिन्दगि खेर गएझै लाग्छु
                         जब जनगणना गर्न अाएकाे कर्मचारी मलार्इ साेध्छः
                         उमेर?
                         त्रिचालीस
                          विवाहित कि अविवाहित?
                          ......
                          ......?
                         .....
                         उ मलार्इ त्यहि प्रश्न साेधिरहन्छ

च्याउ कविता मार्फत फरक क्षमता भएका हाम्रा समाजका मानिसहरूकाे अवस्था र उनिहरूकाे मनाेभावना सुक्ष्म रूपले अध्ययन र त्यस्लार्इ मिठास युत्त तरिकाले कवितामा प्रस्तुत गर्न सक्नु कविकाे सर्वाेकृस्ट क्षमता हाे । साथै यस कविता मार्फत हामिलार्इ सामान्य र ख्यालै नगरि बाेलिने गरिने सामान्य व्यबाहार हरूबाटै समाजमा असक्षम मानिसहरू प्रति कस्ताे मनाेबैज्ञानिक असर परिरहेकाे हुन्छ भन्ने प्रस्त चित्रण गरिएकाे छ। बह्माजिकाे रजस्वाला, सतिदेविकाे गाण्डिव मार्फत कविले हाम्रा समाजका विद्दमान कुरिति तथा अन्धविश्वासहरूमाथि कविले निर्मम प्रहार गरेका छन ।

कवि पराजुलिले कविता भाषण मार्फत नेपालि राजनिति र जनताकाे यथार्थता विचकाे समग्र चित्र प्रस्तुत गदै उपलब्धि र व्यत्तिगत हितमा केन्द्रित राजनिति प्रति तिखाे व्यंग प्रहार गरेका छन । कविता प्रहरि माफर्त अाम मानिसकाे सुरक्षा निकाय माथिकाे बुझाइ र यर्थाथ लार्इ लिपिबद्ध गराएका कवि पराजुलिकाे अागामि  यात्रा सफलताकाे शुभकामना व्यत्त गर्न चाहान्छु ।


                      अाफ्नाे फुक्लेकाे पुरानाे दाँत
                                र पलाएकाे नयाँ दाँत
                 अामा बाबालार्इ देखाउन नपाएका सन्तानले
                      अाधा उमेरमै पुरा जिन्दगी बुझन सक्छन

No comments

Powered by Blogger.