अचेल राजा दरबारमा बस्दैनन

अचेल
 राजा दरबारमा बस्दैनन
 जब राजा दरबार बाट गलत्याइए
 तब राजा दरबारमा छैनन
 राजा दरबार छोडेर हिँडे
 राजा राजा रहेनन


 राजा यहाँ दिलका थिए, दिल भित्र
 ति पनि कुुन दिन
 नालायक निस्कन्छन र गलत्याइन्छ
अचल राजा दरबारमा बस्दैनन
देबेन्द्र सुबेदी देबेन

 धेरैले यो देशमा राजा छैनन
 राजा छैनन भनेको मात्र सुुन्छुु
 राजा भनेको
 एउटा पो हुनुुपर्छ भनेर हो कि
 साच्चै अचेल
यो देशमा राजा छै्नन?

 तर
म त राजा अज्जै देख्छु
 राजा राजा राजा राजै राजा देख्छु
बालकोटमा,बल्खुमा,पेरिस डाँडामा
बालुवाटारमा,धुमबाराहिमा , विजुलिबजारमा
 म त राजा अज्जै देख्छु
राजा राजा राजा राजैै राजा देख्छु

 एक हुल
 राजाहरु सिँहदरबारमा देख्छु
अर्को एक हुल राजाहरु बानेश्वरमा देख्छु
 मान्छे हरु राजा देख्दैनन
 म त राजा अज्जै देख्छु
राजा राजा राजा राजै राजा देख्छु ।

No comments

Powered by Blogger.