कविता – म भाउजु सँग




 आमा
 म भाउजु सँग
 हो आमा,
 म भाउजु सँग बिहे र्गछु ।

 आमा
 मलाई जति गालि गर्नु छ गर्नोस
 मलाई जति तिरस्कार गर्न छ गर्नुस
 तर पनि विन्ति आमा
 म भाउजु सँग विहे गर्छु
Debendra Subedi , Deben
देबेन्द्र सुबेदी देबेन 

 जुन दिन
 मेरा दाजु
 बाकसमा पोको परेर घर आए नि आमा
 हो
 हो त्यै दिन देखि मेरि भाउजुु
 भाउजु रहिनन

 आमा
तपाँई आफ्नो आँखा अगाडि
जिँउदो लास देखिरहनु भएको छैन र?
म त्यो लास माथि सास किन नभरौ आमा ?

 पैला पैला
 पँधेरामा मेरी भाउजुलाई
 पानि थाप्न पालो छोडिदिनेहरु
 अचेल भाउजु पग्दा पानि भरेर पधेरो खालि राख्छन

 पैला पैला
 गाँउमा कार्जे हुदाँ
 मेरि भाउजुलाई भान्से लगाउनेहरु
 अचेल मेरी भाउजु प’दा
 हतार हतार खान दिन्छन र विधाई गर्छन

 म
 म यो सब हेरिरहन्छु आमा
 हेरिरहन्छु केबल हेरिरहन्छु
 म हेर्न बाहेक के नै गर्न सक्छु र आमा?

 भाउजुले घर पोतेको
 आँगत लिपेको
 बेलुका मिठो खाना पस्केर थाल भरि राखिदिएको
 मैले बिर्सिन आमा
 बरु बिर्सिए आफ्नो दाई
 बिर्सिए उस्को भाइचारा
 बिर्सिए उस्को संघर्ष
 तर आमा
 मैले भाउजु विर्सिन सकिन

 आँगनको छेउको तारमा
 राता साडि र व्लाउज हरु हावाले फिर्फिराएर
कहिले आँगन भरि पार्थे
 कहिले मुुनि कोठाको ऐना अगाडि
सिन्दुरको बट्टा घोप्टिएर टेबल रातै हुुन्थियो

 आमा
बिहान ९ बजे तिर
 जब भाउजु घाँसको भारि बोकेर घर आइपुग्थिन
 उन्को निधार राताम्मे देख्थेँ म

 आमा
 मलाई बिहे गर्नु नै छ भने
 किन म भाउजु सँग बिहे नगरौ?
 किन म त्यो लासमा सास नभरौ
आमा
 किन म ति सेता साडि हरुमा रंग नभरौ आमा?
 आमा छोडिदिनुुस कस्ले के भन्छ
 न सोच्नुस कस्ले के सोच्छ
 भन्नेले भन्लान देवर भाउजु सल्किएका
 थिए सोच्नेले सोच्लान असत्तिहरु समाजकै बेइज्जत गरे

 तर आमा
 मेरि भाउजुले
मेरो दाईको झझल्को म मा देख्दि हुन नि है?
 बरु आमा
 म मेरि भाउजु लाई अब,
भाउजु भन्न छोडिदिन्छु
 सोध्दिनुस न आमा के भाउजु लाई मन्जुरि छ?


देबेन्द्र सुबेदी देबेन
२०७४।०५।२४
कफि हाउस , ताप्लेजुङ

No comments

Powered by Blogger.