कविता ः निजामती कर्मचारी
![]() |
| प्रमुख जिल्ला अधिकारी माेहन बहादुरजि.सि.सरबाट सम्मान स्वरूप मायाकाे चिनाे थाप्दै देबेन |
म गर्छु बयान
यो देशका एक हुल धमिराहरुको,माकुराहरुको
आफ्नो गुड आफै बनाउने कमिलाहरुको
न उनिहरुको कलम बोल्छ
न त उनिहरु बोक्छन हतियार
मात्र बनेकाछन आफ्नो र रास्ट्रीय स्वार्थका मतियार
तै मतियार को मति मति मिलेर बनेको
निजामति
आफ्नो समय आफ्नो नभएकाहरु हो
अर्काको समय आफ्नो बनाउन नसकेका हरु हो
तिमिहरुलाइ SLC फेल गरेर बम्बै पसेको
८ कक्षा फेल गरेर घरमै बसेको
बिर्खे र तिखेले त राम्रै देख्लान
तर स्नातक नगरी कोरिया उडेको
तल्ला घरे स्यामेले छुट्टिमा आउदा
औला पडकाउदै सोध्छ कमाउछस कति ?
अनि के भन्छस निजामती?
तलब त यत्ती अन्तै बाट मिल्छ अलि यत्ती
भन्दै गफ देलास कोरिया वाला लाई
छेउमा गफ सुनिरहेको शिक्षकले सोच्ला
गति न मति
यस्ता हुदा रान निजामति
कमाउनेले कमाकाछन समाउनेले समाकाछन
चुडा-मुनि, घुडा-मुनि , टेबल मुनि मुनि
नपाउनेले तलबले कार्यालय पाल्या छन
तैनै घुडा - मुनि र चुडा - मुनि हरु सङै
गयो सबैको इज्जत सति
अनि के बाकी रहयो र निजामति?
भित्र भित्रै त म पनि सोच्छु
सरकारी जागिर सरकारी तलब
सेतो सर्ट र निलो कोट
हेर्दा त कहि पनि देखिदैन खोट
कता कता बाट कमाउन पाइएलानी कति कति
आहा ! कति राम्रो निजामती
देशको अभिभारा छ
यो पुस्ताको उपलब्धी देखाउनुछ
मौका पाउदैमा चौका हैन छक्का हान्ने हरु छन
पाए भन्दैमा नगर्नुस अत्ति
बिचार गरेर कामगर्नुस है निजामती
तर पनि
देश बनाउने हामी हौ
थिती बसाउने नीति कार्यान्वयन गर्ने हामि
आखिर जनताको काम चित्त बुझ्दो नगरे पनि गर्दिने त हामी हौ
आफै लाई सुधार्दै सबैलाइ सुधार्दै सधैलार्इ सुधार्दै
एक दिन सबैको मुखमा हामिले दिने सेवा बनाउने छौ क्या दामी
अनि गौरबले भन्नेछौ निजामती कर्मचारी हामि !
देबेन्द्र सुवेदी `देबेन´
१४ औ निजामती सेवा दिवसमा प्रस्तुत भएको कबिता
#अप्रतियोगि

Post a Comment