गजल-याे तिहारमा के हाेला ?

नसाेध भाे याे तिहारमा के हाेला ?
कुरै बुझिन खै सारमा के हाेला ?

जिन्दगि सहारा मरूभुमि भाकाेछ
के थाहा त्याे विहारमा के हाेला?

सन्तुष्टि पनि मिल्छ र यसरी ?
शब्दले गर्ने प्रहारमा के हाेला ?

कसैले जान्दछ र हेरेर अनुहार ?
याे मान्छेकाे  निधारमा के हाेला ?

नारी याैवन भएसी साेच्छिन रे
हाे मेराे भाउ बजारमा के हाेला ?

पर्खनु पर्छ रे अाफ्नै भाग्य लाइ
अात्तिएर काम हतारमा के हाेला?

तिमिलार्इ जुवाकाे दाउमा राखी हिडे
जितेमा खुसि हारमा के हाेला ?


देबेन
2071-07-06

No comments

Powered by Blogger.