तिम्रो छाती चिरीएको,नाङ्गो तस्बीर हेर्दीन म

चाहियो भने माग आमा,तातो रगत दिन्छु अझै
टुङ्गीन्न म सम्झौतामा,लड्नु परे हिन्छु अझै

तिम्रो छाती चिरीएको,नाङ्गो तस्बीर हेर्दीन म
धावा बोल्दै सिमानामा,मेरो फिर्ता लिन्छु अझै

जस्ले तिम्रा लाम्टा चुस्यो,अनि उल्टै छुरा रोप्यो
ठम्याउदिन भन्छेउ आमा,म त प्रष्ट चिन्छु अझै

पहरा र खोला बेच्ने,छुट्ने छैन कोही पनि
साक्षी राखी तिम्रो आत्मा,एकै घानमा पिन्छु अझै

--DEEPAK KAFLEA
PANCHTHAR

No comments

Powered by Blogger.