आँखाबाट आज, आँसु झराए त के भो ?


राम्री लाग्यौ तिमी, मन पराएँ त के भो ?
हुन्नौ आफनो भनी, भन्न डराएँ त के भो ?

मनमा माया हुँदा, मुखले कीन बोल्नु ? 
कल्पनामै यतै कतै, हराएँ त के भो ?

मुखले छैनौ भने पनि,मनमा थियौ 
सपनीमा राती, बरबराए त के भो ?


जीत्ने खुसी,हार्ने दुखी,मजा लुट्ने अरु 
मायालाई खेल झै, गराएँ त के भो ?

मुटुमा ढुङगा राखी, जाल झेल त्यो गरे 
आँखाबाट आज, आँसु झराए त के भो ?



सुरेश बिडारी 'विवश'
चित्लाङ्ग-२ मकवानपुर

No comments

Powered by Blogger.