उडुस देखी सावधान !!!!!!

उडुस देखी सावधान !!!!!!

कति बिषालु उडुसहरु, 
शरीर नै रक्त्त्म्य बनाउने। 
आफु अघाएर भट्मास जस्तो,
अरुको शरीर खोक्रो पार्ने । 
....ए भ्रस्टरुपी उडुसहरु हो !........

नाना थरीका उडुस भए पनि,
टोकाई र चुसाई एकै खाल्को । 
आफ्नो पेट नअघाई पट्टकै नछाड्ने,
बिदेशीका गुलाम,स्वदेशी उडुसहरु,
......ए कुर्शिका पूजारी सत्ताका पूजारी लाम्पुछ्रे उडुस हरु हो !........

नछुट्याउ मेरा अङहरु,
सिङ्गो शरीरमा रहन देउ मलाई।
तिमी बाच, तिमी हास ,
बाँच्न देउ सबैलाई।
.....ए बिखन्डन प्रेमी उडुसहरु हो ! .......

सुकिला छन मुकिला छन,
छ सय एक उडुसहरु यहाँ ।
गरीबका खुन चुसी,
मोटाएका ति उडुसहरु।
......ए लालच बादी उडुसहरु हो !....

कति बैमानी र लालची ति उडुसहरु,
न त कुन्नै चिन्ता न कुन्नै डर।
सोचे जती चाहे जती,
लीहालौ एकै बार ।
...... ए पापी उडुसहरु हो !......

यस्ता प्यासी उडुस सँग,
सधैं हुनु पर्छ होसिएर !
ति बिशालु उडुसहरुलाई,
सबैले गरौ प्रतिकार ............

कर्ण बि क "शिशिर"
हाल आबुधाबी यू ए ई
मोरङ लेटाङ"

No comments

Powered by Blogger.