जिन्दगीको मूल्य हर्नेलाई सोध!

जिन्दगीको मूल्य हर्नेलाई सोध!
मायाको जालमा पर्नेलाई सोध!

स्वदेशको माया कति हुन्छ भनि 
बिदेशमा पल्-पल् मर्नेलाई सोध!!

विवसता अनि त्यो अभाब के हो 
लाचार् भै गुलामी गर्नेलाई सोध !! 

देखावटी मायाँ कस्तो हुन्छ बुझ्न 
भमरा झैं डुल्दै चर्नेलाई सोध!!

टुहुराको जीवन कस्तो हुन्छ जान्न
पानि सरि आँशु झर्नेलाई सोध!!

No comments

Powered by Blogger.